२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यातायात कार्यालय पर्साले संकलन गर्‍यो १ अर्ब ५१ करोड बढी राजस्व

ADV
आबिद हुसेन
२०८१ साउन २० गते १६:२५
यातायात कार्यालय पर्साले संकलन गर्‍यो १ अर्ब ५१ करोड बढी राजस्व

वीरगञ्ज : यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

यातायात कार्यालयले गत आ.व.मा विभिन्न राजस्व शीर्षकबाट १ अर्ब ५१ करोड १८ लाख ७७ हजार ६ सय ८ रूपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमल गौतमले जानकारी दिए ।

प्रमुख गौतमका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी  १ अर्ब १० करोड ५१ लाख ७५ हजार ४९ रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा कम प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ र यातायात क्षेत्रको आम्दानीतर्फ ६ करोड ४१ लाख ९१ हजार ४ सय ९० रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै चालु आ.व.मा कार्यालयको बेरुजु रकमध्ये ५ हजार ९७ रुपैयाँ असुलउपर गरिएको पनि कार्यालय प्रमुख गौतमले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise