२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एसईई ग्रेडवृद्धिमा अर्घाखाँचीबाट १ हजार बढी विद्यार्थी सहभागी हुँदै

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ साउन २० गते २०:३३
Shares
एसईई ग्रेडवृद्धिमा अर्घाखाँचीबाट १ हजार बढी विद्यार्थी सहभागी हुँदै

अर्घाखाँची : माध्यमिक शिक्षा परीक्षा एसईई पुरक ग्रेडवृद्धिको परीक्षा यहि साउन २३ गतेदेखि शुरु हुने भएको छ । उतm परीक्षामा अर्घाखाँची जिल्लाबाट १ हजार ७ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् । 

शिक्षा विकास समन्वय एकाई अर्घाखाँचीले आइतबार केन्द्र अध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको  छ । 

राष्ट्रिय परीक्षा बोर्डका निर्णय अनुसार २०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भइ ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि बोर्डको कार्यतालिका अनुसार अर्घाखाँचीमा पनि साउन २३ गतेदेखि परीक्षा शुरु हुनेछ । साउन ३१ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ११ बजेदेखि २ बजे सञ्चालन हुने छ । 

जिल्ला शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मनीराम पराजुलीले यो वर्ष गत चैत्रमा अर्घाखाँची जिल्लाबाट २ हजार ९ सय १८ जना परीक्षामा सहभागी भएमध्ये ९ सय ८६ उत्तिर्ण भएको र १ हजार ९ सय ३२ जनाले परीक्षा दिन पाउने तथ्यांक देखिएपनि पुनर्योग र केही छुटका कारण गे्रड वृद्धि परीक्षामा सहभागी संख्या कम भएको बताए ।

ग्रेडवृद्धि परीक्षालाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए । 

प्रजिअ खत्रीले भने,‘परीक्षाका प्रश्नपत्र, उत्तरपुस्तिकाको व्यवस्थापनमा निकै ख्याल गर्नुपर्छ, मोबाइल प्रयोग गर्न सक्ने विषयलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ,पुरक परीक्षामा एकपटक असफल भएका विद्यार्थी हुने हुनाले पास हुनका लागि केही चिटिङको प्रयास पनि हुन सक्छ, केन्द्रअध्यक्ष ज्युहरुले निरीक्षकहरुलाई थोरै पनि कमजोरी भए कारबाही समेत हुने जानकारीसहित कडा निर्देशन आवश्यक छ, परीक्षामा आवश्यक सुरक्षाका साथै अन्य व्यवस्थापन कार्यका लागि हामी सबै नै प्रतिबद्ध छौँ ।’

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसाल, जिल्ला शिक्षा विकास समन्वय एकाई प्रमुख मनिराम पराजुली, सेनानी महेश्वर थापा, प्रहरी नायव  उपरीक्षक प्रतितसिंह राठोर, सशस्त्र प्रहरी नायव उपरीक्षक भिमसेन बोहोरा,अनुसन्धान अधिकृत खिमानन्द प्रोख्रेल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्लामा सञ्चालन हुने परीक्षा केन्द्र केन्द्र अध्यक्षहरु, जनज्योती मावि सन्धिखर्कका केन्द्र अध्यक्ष माधव प्रसाद आचार्य, भगवती मावि सन्धिखर्कका केन्द्र अध्यक्ष ध्रुब बहादुर खत्री, युवा वर्ष र विचित्र मावि सन्धिखर्कका केन्द्र अध्यक्ष टेकराज आचार्य,ज्योती मावि ठाडाका केन्द्र अध्यक्ष शंकर आर्चायसहित कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेका थियो ।

कार्यक्रम जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षता, इकाइ प्रमुख मनिराम पराजुलीको स्वागत तथा विषयवस्तुमाथि प्रकाश र प्रास राम प्रसाद पौडेलले सञ्चालन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर