२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कतारमा जारी वर्कर्स फुटबल कपमा नेपाल बराबरीमा रोकियो

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख ५ गते २२:१४
Shares
कतारमा जारी वर्कर्स फुटबल कपमा नेपाल बराबरीमा रोकियो

दोहा कतार : कतारमा रहेका केही देश र क्लब सहभागी रहने गरी सञ्चालनमा आएको वर्कर्स फुटबल कपमा नेपाल बराबरीमा रोकिएको छ । कतार सरकारको खेलकुद तथा युवा मन्त्रालय अन्तर्गतको कतार स्पोर्ट्स फर अल फेडरेसनले वर्कर्स सपोर्ट एन्ड इन्स्योरेन्स फन्ड तथा राष्ट्रिय मानव अधिकार समितिको सहकार्यमा आयोजित वर्कर्स फुटबल कपमा दोस्रो पटक खेलेको नेपाल सोमालियासँग अल अरबी स्पोर्ट्स क्लबको ग्राउन्डमा शुक्रवार साँझ खेलेको खेलमा बराबरीमा रोकिएको हो ।

ncell

अर्जुन सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको नेपालले खेलको ३२ औ मिनेटमा डिल्ली पारा लिम्बूले क्याप्टेन सुब्बाको पासमा उत्कृष्ट गोल गरेका थिए । नेपालले गोल गरेको केही मिनेटमै डिबक्समा नेपाली खेलाडीले फउल गर्दै सोमालियाका खेलाडीलाई लडाए पछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सोमालियाले खेललाई १/१ को बराबरीमा ल्याएको थियो । खेलको अन्तिम समयमा सोमालियाका खेलाडी रेड कार्ड पाएर बाहिरिए पनी नेपालले थप गोल गर्न सकेन । 

विभिन्न क्लबमा आबद्ध रहेका नेपालीहरू सहित २७ जनाको टिम सहित मैदानमा पुगेको नेपाली टिमको खेलबाट आफू खुसी रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका खेलकुद संयोजक राजन चापागाईँले बताए । नेपालको समर्थनका लागि एनसिसिका अध्यक्ष कृष्ण पन्थी, सहित समाजका अगुवा बुद्धिजीवी तथा खेल प्रेमी नेपाली स्टेडियमसम्म पुगेका थिए । लिग सिस्टममा खेलाइएको खेल अन्तर्गत तेस्रो चरणको खेल साउथ अफ्रिकासँग खेल्नेछ ।

ताजा खबर

सम्बन्धित खबर