२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मोना कतार बहुउद्देश्यीय अक्षयकोषद्वारा सञ्चालित 'भाग्यशाली चिट्ठा'को नतिजा सार्वजनिक

Nada
२०८३ वैशाख ११ गते २०:३८
Shares
मोना कतार बहुउद्देश्यीय अक्षयकोषद्वारा सञ्चालित 'भाग्यशाली चिट्ठा'को नतिजा सार्वजनिक

दोहा, कतार : मोना कतार बहुउद्देश्यीय अक्षयकोषद्वारा सञ्चालित 'भाग्यशाली चिट्ठा कार्यक्रम २०२५' को नतिजा सार्वजनिक गरिएको छ । कोषको मूल कोष श्रीवृद्धिका लागि अक्षयकोषको तेस्रो वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको चिट्ठा कार्यक्रमको नतिजा शुक्रबार बिहान एक विशेष कार्यक्रमका बीच नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान सहित सार्वजनिक गरिएको हो ।

ncell

सार्वजनिक गरिएको नतिजाअनुसार चिट्ठा नम्बर १७५५ का कुल बहादुर थापाले प्रथम पुरस्कार स्वरूप आइफोन-१७ प्राप्त गरेका छन् । त्यसैगरी चिट्ठा नम्बर ९०७ का रामु जिसीले दोस्रो पुरस्कार स्वरूप मोटोरोला फोन र चिट्ठा नम्बर १८६५ का नेत्र दंगालले तेस्रो पुरस्कार स्वरूप स्मार्टफोन जित्न सफल भएका छन् । त्यसैगरी सान्त्वना पुरस्कारअन्तर्गत पाँच जनाले मोबाइल सेट प्राप्त गरेका छन् । विजेताहरूमा चिट्ठा नम्बर १७४६ का दण्डपानी पौडेल, चिट्ठा नम्बर ७६५ का लोक मगर, चिट्ठा नम्बर ४०१० का चित्रबहादुर जिसी, चिट्ठा नम्बर २२५ की क्रिन्जल पौडेल र चिट्ठा नम्बर १९०६ की सुबिना कार्की रहेका छन् ।

कार्यक्रम कोषका अध्यक्ष विक्रम कार्कीको अध्यक्षता तथा नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले कतारमा अनावश्यक रूपमा धेरै खर्च गरेर ठुला कार्यक्रम नगर्न आग्रह गरिन् । 'समाजसेवाका नाममा ठुलो बजेट खर्चेर भड्किलो कार्यक्रम गर्नुभन्दा श्रमिकहरूको वास्तविक समस्यामा पुगेर गरिने सेवा नै सच्चा समाजसेवा हो,' उनले भनिन् । केसीले फजुल खर्च नगरी पैसाको बचत गर्न र हरेक संस्थाले श्रमिकको हितका लागि एउटा छुट्टै परोपकारी कोष निर्माण गर्न समेत आग्रह गर्दै कोषले तीन वर्षमा प्राप्त गरेको सफलताको प्रशंसा गरिन् ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कार्कीले कारणवश चिट्ठाको नतिजा सार्वजनिक गर्न केही समय ढिला भए तापनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । चिट्ठा कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित करिब दुई दर्जन संघ-संस्थाहरूले बिक्री वितरणमा सहयोग गरेका थिए। सहयोगी सम्पूर्ण संघ-संस्थाहरूप्रति कोषले हार्दिक आभार व्यक्त गरेको थियो ।

कोषको तेस्रो वार्षिकोत्सवको अवसरमा केक काटेर उत्सव मनाइएको थियो । कोषका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइलीले स्वागत मन्तव्य राखेको  कार्यक्रमको सहजीकरण सचिव तिलु शर्मा पौडेलले गरेका थिए । कार्यक्रममा कोषको वर्तमान अवस्थाका बारेमा कोषाध्यक्ष रमेश पौडेलले संक्षिप्त जानकारी गराएका थिए ।

ताजा खबर

सम्बन्धित खबर