काठमाडौँ : डाईनामिक स्टाफिङ साेलुसन नेपाल सर्भिस प्रा.लि.का सञ्चालक युवा वैदेशिक राेजगार व्यवसायी कर्णराज कटुवाल सम्मानित भएका छन् ।
शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेकोे कार्यक्रममा श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले व्यवसायी कटुवाल लगायतलाई सामाजिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदरगर्दै सम्मान गरेका हुन् ।
हाल नेपाल वैदेशिक राेजगार व्यवसायी संघद्वारा गठित वैदेशिक राेजगार समस्या समाधान सहजीकरण समितिका सदस्य रहेका व्यवसायी कटुवाल संघको निवर्तमान कार्यसमिति सदस्य र नेपाली काँग्रेसकाे सुभेच्छुक संस्थाकाे हैसियतमा रहेकोे नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनकाे कार्यसमिति लगायतमा रहेर काम गरिसकेका छन् ।
खाेटाङ हलेसी सेवा समाजका अध्यक्ष कटुवाल बन्धु सेवा समाजका प्रदेश प्रमुखकाे जिम्मेवारी सम्हाली रहेका कटुवाल खसक्षेत्री सेवा समाजका केन्द्रीय सदस्य समेत हुन् ।
सम्मान कार्यक्रममा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताए । ऐन कानुनमा प्रष्ट उल्लेख नभए पनि मानवीयसंवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने मन्त्री कुँवरको भनाइ छ ।
विदेशबाट सीप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पूजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको भन्दै मन्त्री कुँवरले विदेश जाने श्रमिकहरुलाई समेट्न सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै उनीहरूलाई पनि समावेश गराउने सोचमा सरकार रहेको बताए । कार्यक्रम सिताराम कार्कीको सभापतित्वमा भएको थियोे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies