२०८३ कार्तिक २९ गते आइतवार / Nov 15 , 2026 , Sunday
२०८३ कार्तिक २९ गते आइतवार

अछाम समाज जापानको अध्यक्षमा गणेश जैशी निर्विरोध निर्वाचित 

दीपावली शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Nada
२०८३ कार्तिक २९ गते १५:३८
Shares
अछाम समाज जापानको अध्यक्षमा गणेश जैशी निर्विरोध निर्वाचित 

टोकियो : अछाम समाज जापानको प्रथम अधिवेशन शनिबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट समाजको अध्यक्षमा गणेश जैशी निर्विरोध निर्वाचित भएका छन् ।

जैशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आदित्य ढकाल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा चेतमान रावल र महिला उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ कुँवर चयन भएका छन् ।

महासचिवमा छत्र बिष्ट चयन भएका छन् । सचिवमा तपेश्वरी ढुंगाना र देवेन्द्र अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा पद्मा भण्डारी र सहकोषाध्यक्षमा भरत कुँवर चयन भएका छन् ।

कार्यसिमिति सदस्यमा सागर रिमाल, सिता गुरुङ, जनक बिष्ट, अर्जुन बिष्ट, शिशिर कुँवर, रमेश कुँवर, रुपक कुँवर, दिपक सोडारी, प्रदीप कठायत र राजेश सुनार चयन भएका छन् ।

बाँकी सदस्य तथा अन्य केही पदमा अध्यक्षले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक टक्कर कुँवरले जानकारी दिए ।

No description available.

नवनिर्वाचित अध्यक्ष जैशीले जापानमा विभिन्न पेसा व्यवसायमा आबद्ध अछामीहरूलाई एकताबद्ध बनाउँदै आपसी सहयोग र सद्भावलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन समितिका संयोजक कुँवरले नवनिर्वाचित पदाधिकारीलाई शपथ तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको अध्यक्षता अछाम समाज जापानका संस्थापक अध्यक्ष तथा प्रथम अधिवेशन मुल आयोजक समितिका संयोजक लोकेन्द्र जंग कुँवरले गरेका थिए ।

सोही अवसरमा शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम तथा अछामको कला संस्कृति झल्किने देउडा खेल, देउसी भैलो लगायतका विभिन्न नृत्य तथा गीत संगीतले कार्यक्रमको माहोलमा रौनकता थपेको थियो ।

कार्यक्रममा मोडेल तथा डान्सर झरना बोहरा लगायतका कलाकर्मीहरूले विभिन्न प्रस्तुति दिएका थिए । साहित्यकार सागर रिमालले आफ्ना मार्मिक गजलहरू पनि कार्यक्रममा वाचन गरेर सुनाएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ जापानका पूर्वउपाध्यक्ष तथा सुदूरपश्चिमेली नेपाली समाज जापानका पूर्वअध्यक्ष पूर्ण चलाउनेले समाजले जापानमा रहेका सबै अछामीलाई जोड्दै अछाम समाज रचनात्मक र सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज जापानका वरिष्ठ उपाध्यक्ष  ईश्वर खड्का, पत्रकार महासंघ जापानका पूर्वउपाध्यक्ष पूर्ण चलाउने, सुदूरपश्चिमेली नेपाली समाज जापानका कोषाध्यक्ष नरेश भण्डारी, सामाजिक व्यक्तित्व धनराज उपाध्याय, वीरेन्द्र रावल, अमित बिष्ट, रविन्द्र रावल, कमल बोगटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।      

सुदूरपश्चिमेली समाजका पूर्वमहासचिव दिनेश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वका साथै अछामीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

अछाम समाज जापानमा विभिन्न सामाजिक गतिविधिहरु गर्दै आइरहेको एक सामाजिक संस्था हो ।

सुदूरपश्चिमको अछाम जिल्लाबाट जापानमा आई विभिन्न पेसा व्यवसायमा आबद्ध अछामीहरूबीच एकता, भाइचारा, आपसी सहयोग, चिनजान र सम्बन्ध विस्तार गर्ने उद्देश्यले अछाम समाज जापान गठन गरिएको हो ।

No description available.

No description available.

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर