२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अर्घाखाँचीमा योगप्रति बढ्दो आकर्षण, युवादेखि वृद्धसम्म सहभागी

Nada
सूर्यप्रसाद भुसाल
२०८३ वैशाख १२ गते २१:४९
Shares
अर्घाखाँचीमा योगप्रति बढ्दो आकर्षण, युवादेखि वृद्धसम्म सहभागी

अर्घाखाँची : पछिल्लो समय अर्घाखाँची जिल्लामा योग साधनाप्रति आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ । युवादेखि वृद्धवृद्धासम्म बिहानै उठेर योग अभ्यासमा सहभागी हुने क्रम बढेको हो ।

ncell

यहाँका विभिन्न योग केन्द्र तथा शिविरहरूमा बिहानै ४ बजेदेखि नै साधकहरू उपस्थित भई कम्तीमा दुई घण्टा सामूहिक अभ्यास गरेर मात्रै दैनिक जीवन सुरु गर्ने गरेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी भएको विश्वासका कारण योगप्रति आकर्षण बढ्दै गएको योग प्रशिक्षकहरू बताउँछन् ।

सन्धिखर्क नगरपालिका वडा नं. १ की कमला भण्डारीले नियमित योग अभ्यासले आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको बताएकी छन् । टाउको दुख्ने, रुघाखोकी र घाँटी दुख्ने समस्या घट्दै गएको उनको अनुभव छ ।

यस्तै, शान्ति बगैचा निवासी साबित्रा बन्जाडे भुसाल विगत केही वर्षदेखि नियमित योग गर्दै आएकी छन् । उनले योग अभ्यासपछि ढाड तथा कम्मर दुख्ने समस्या निको भएको बताउँदै बिहानै उठेर व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक भएको उल्लेख गरिन् ।

गुण्टेखोला निवासी गंगा भट्टराईले पनि दैनिक व्यस्तताका बाबजुद बिहानको समय निकालेर योग गर्ने गरेको बताइन् । नियमित योग अभ्यासले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत पुगेको उनको भनाइ छ ।

योग प्रशिक्षक तथा पतञ्जली योग समिति नेपाल अर्घाखाँचीकी प्रशिक्षक साबित्रा बन्जाडे भुसालका अनुसार योग केवल रोग निको पार्न मात्र होइन, रोग लाग्न नदिन प्रभावकारी उपाय हो । ‘योगले शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सहयोग गर्छ,’ उनले भनिन् । 

बदलिँदो जीवनशैली, तनाव र अस्वस्थ खानपानबाट बच्न पनि धेरै मानिस योगतर्फ आकर्षित भइरहेको प्रशिक्षकहरूको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा नियमित तथा अस्थायी रूपमा योग अभ्यास सञ्चालन भइरहेको छ ।

यसैबीच पतञ्जली योग समिति नेपाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा बृहत् निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । शिविरको उद्घाटन कृष्णप्रसाद श्रेष्ठ ले गरेका हुन् । 

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्वस्थ जीवनशैलीका लागि योगको महत्व अत्यन्तै महत्वपूर्ण रहेको बताए । कार्यक्रम साबित्रा बन्जाडे भुसालको अध्यक्षता, मनिराम अर्यालको स्वागत मन्तव्य र जनक बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर