२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कुर्दिस्तान क्षेत्रमा दुई महिनामा ८०९ आक्रमण, नागरिक पूर्वाधारमा व्यापक असर

Nada
२०८३ वैशाख १३ गते १३:०८
Shares
कुर्दिस्तान क्षेत्रमा दुई महिनामा ८०९ आक्रमण, नागरिक पूर्वाधारमा व्यापक असर

काठमाडौँ : इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा पछिल्ला करिब दुई महिनाको अवधिमा ड्रोन तथा क्षेप्यास्त्र प्रयोग गरी सयौँ आक्रमण भएको स्थानीय प्रशासनले जनाएको छ । फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएका ती घटनामा सर्वसाधारणको ज्यान जानुका साथै ठूलो संख्यामा मानिस घाइते भएका छन् ।

ncell

कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागद्वारा जारी विवरणअनुसार उक्त अवधिमा कुल ८०९ वटा आक्रमण दर्ता भएका छन् । तीमध्ये अधिकांश आक्रमण नागरिक बसोबास तथा सर्वसाधारणसँग सम्बन्धित क्षेत्रलाई केन्द्रित गरेर गरिएको उल्लेख गरिएको छ। यसअघि उक्त क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वप्रति तटस्थ रहने नीति सार्वजनिक गरेको थियो ।

सरकारी विवरणमा आक्रमणका कारण मानवीय तथा भौतिक दुवै क्षेत्रमा उल्लेखनीय क्षति पुगेको जनाइएको छ । निजी क्षेत्र र सर्वसाधारणले सबैभन्दा बढी असर व्यहोरेको उल्लेख छ ।

सबैभन्दा बढी प्रभावित एरबिल प्रान्त रहेको बताइएको छ। त्यहाँ मात्र ४७७ वटा आक्रमण भएका छन्, जसमा ४१९ ड्रोनमार्फत र ५८ क्षेप्यास्त्र प्रयोग गरी गरिएका आक्रमण समावेश छन्। एरबिल क्षेत्रमा मात्रै १० जनाको मृत्यु भएको तथा ८३ जना घाइते भएको जनाइएको छ ।

समग्र घटनामा २० सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।

कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न आधारहीन कारण देखाएर नागरिक क्षेत्रमा आक्रमण गरिएको आरोप लगाएको छ। फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली कारबाहीपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला यी आक्रमणहरू भएका बताइएको छ । त्यसपछिको प्रतिक्रिया स्वरूप इरान तथा उसका सहयोगी समूहहरूले अमेरिकी र इजरायली हितलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा आक्रमण तीव्र पारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर