२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अमेरिकामै ट्रम्प असुुरक्षित !

Nada
२०८३ वैशाख १४ गते ०६:१५
Shares
अमेरिकामै ट्रम्प असुुरक्षित !

काठमाडौं : विश्वको शक्तिशाली देश अमेरिका, त्यसका पनि शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रोपटकको हिंसात्मक आक्रमणबाट जोगिएका छन् । आक्रमणबाट मानवीय क्षति नभए पनि सुरक्षा व्यवस्थाबारे अनेक प्रश्न उठेको समाचार एजेन्सीहरूले बताएका छन् । आक्रमणकारी राष्ट्रपति सहभागी कार्यक्रमस्थलमा छिर्नु, हलको केही नजिक पुगेर गोली चलाउनु र अमरिकी गुप्तचर तथा सुरक्षा निकायले यसको पूर्वजानकारीसम्म नपाउनुलाई गम्भीर रूपमा हेरिएको अमेरिकी सञ्चारमाध्यमहरूको कथन छ । आक्रमणले उक्त कार्यक्रम मात्र बिथोलिएन, अमेरिकामा बढ्दो राजनीतिक हिंसालाई विश्वभर उजागर गरिदियो । 

ncell

शनिबार राति ८ बजे वासिंग्टन डिसीस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस संवाददाताहरूसँगको रात्रिभोज आयोजना भएको थियो । राष्ट्रपति ट्रम्प राति सवा ८ बजे सम्बोधन गर्ने तयारीसहित उक्त हलमा पुगेका थिए । उनी त्यहाँ केही पाहुनासँग गफ गरिरहेकै बेला हलबाहिर गोली चलेको आवाज सुनिएको थियो । 

लगत्तै सक्रिय भएको उच्चस्तरीय सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई घेरा हालेर सुरक्षित स्थलतर्फ लगेका थिए । साथै, त्यहाँ उपस्थित संवाददाता, क्याबिनेट मन्त्रीहरू तथा हलमा उपस्थित अन्य पाहुनालाई पनि सुरक्षा दिँदै हलबाहिर पुर्‍याएका थिए । सिएनएनमा प्रकाशित खबरअनुसार आक्रमणकारीले अन्तिम सुरक्षा चेकप्वाइन्ट भने तोड्न पाएन । उसले चलाएको गोली एक सुरक्षा अधिकारीलाई लागे पनि बुलेट बु्रुफ लुगामा लागेकाले गम्भीर असर परेन । त्यसक्रममा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिए । अत्याधुनिक बन्दुक, पेस्तोल र चक्कुहरूसमेत लिएर होटल छिरेको आक्रमणकारीले ट्रप र उनका सचिवालयका अधिकारीहरूलाई लक्षित गर्न खोेजेको प्राम्भिक अनुमान अमेरिकी सुरक्षा अधिकारीको छ । 

गोली चल्नुअघि अमेरिकी जादु प्रस्तोता ओजे पर्लम्यानले ट्रम्पकी पत्नी मेलिना ट्रम्प र ह्वाइट हाउस प्रेस सचिवबीच एक कार्ड खेल प्रस्तुत गर्दै थिए । सिएनएनसँग कुरा गर्दै पर्लम्यानले भने, ‘अचानक कही विस्फोटजस्तो आवाज आयो र हलमा भयको वातावरण सिर्जना भयो । त्यपछि गुप्तचर निकायले राष्ट्रपति ट्रम्पसहित मलाई पनि टाउको निहुर्‍याउन भन्दै कुनातिर लगे । त्यतिबेलासम्म के भयो भन्ने थाहै भएन । टाउको निहुर्‍याउन लगाइएका ट्रम्प र म केहीबेर हेराहेर पनि गर्‍यौं ।’ केहीबेरपछि मात्रै गोली चलेको पक्का भएको उल्लेख गर्दै उनले भने, ‘आक्रमणकारी हलभित्र छिर्न पाएको भए जो पनि मारिन सक्ने अवस्था थियो ।’ 

घटनाको केही समयपछि नै सार्वजनिक सम्बोधन गर्दै ट्रम्पले आक्रमणकारी एक बिरामी र अमेरिकी संविधानमाथि आक्रमण गर्ने आपराधिक व्यक्ति भएको प्रतिक्रिया दिए । यस्ता खालका हत्या प्रयास अमेरिकामा थुप्रैपटक भएको पनि उनले स्मरण गरे । अमेरिकी जनताको आफ्ना मतभेदहरू शान्तिपूर्ण तवरले राख्न पाउने कुरामा पुनः प्रतिबद्ध रहेको पुष्टि भएको पनि उनले बताए । सम्बोधनका क्रममा संवाददताहरूलाई उत्तर दिँदै उनले आक्रमणकारीको लक्ष्य नै आफू भएको अनुमान गरेको समेत बताए ।

अमेरिकी सञ्चारमाध्यमले आक्रमणकारी क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस अलेन भएको बताएका छन् । आक्रमणको उद्देश्य र आक्रमणमा अरूको संलग्नताबारे भने खुलाइएको छैन । उसलाई थप अनुसन्धान गरी हिंसात्मक कार्यसम्बन्धी कडा अभियोग लगाइने रिपोर्टहरूमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर