२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

Nada
२०८३ वैशाख १४ गते १६:०९
Shares
नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।

ncell

आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ६८, विकास बैंक एक दशमलव १४, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन शून्य दशमलव ९७, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन एक दशमलव ५२, लघुवित्त शून्य दशमलव २९ र निर्जीवन बीमा शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ ।

ताजा खबर

सम्बन्धित खबर