२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो,‘डेटा टु डिसिजन’ मा जोड

Nada
२०८३ वैशाख १५ गते १३:१८
Shares
नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो,‘डेटा टु डिसिजन’ मा जोड

काठमाडौंः राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुगेको प्रक्षेपण गरेको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन्। 

ncell

डा. पोख्रेलकाअनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको आकारमा करिव ४ खर्बको बढोत्तरी भएको छ । गत वर्षको संशोधित अनुमान ६१.९९ खर्ब रहेकोमा यस वर्ष ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । यसैगरी आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । तथ्याङ्क सार्वजनिक गर्ने क्रममा डा. पोख्रेलले नतिजालाई विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डहरूको अवलम्वन गरिएको र नेपाल राष्ट्र बैंकको तथ्याङ्कसँग पनि धेरै हदसम्म मेल खाएको जानकारी दिए । 

यसले तथ्याङ्कको क्रेडिबिलिटी र भ्यालिडिटी थप प्रष्ट पारेको उनको भनाइ थियो । अधिकारीकाअनुसार हाल देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालनमा छ । हालसम्म करिव सवा तीन लाख प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको छ । यो कार्य आगामी असार ७ गतेसम्म जारी रहनेछ । उहाँले सबै सरोकारवालाहरूलाई यो गणनामा सहयोग पुर्‍याउन र प्रचारप्रसार गर्न समेत आग्रह गरे ।   

ताजा खबर

सम्बन्धित खबर