
काठमाडौं : रियलमीले अत्यन्तप्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा सार्वजनिक भएको छ । नवप्रवर्तन, उच्चकार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै कम्पनीले फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थितिअझ सुदृढ बनाएको छ । प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसिङ क्षमता र लामो समयसम्मको ब्याट्री क्षमतालाई आकर्षक तथामजबुत डिजाइनमा समेटेको छ ।
यस प्रिमियम स्मार्टफोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ, जसले तस्बिरको गुणस्तरमाकुनै सम्झौतानगरी टाढाबाट पनिउच्चविवरणसहित जुम सुविधा प्रदानगर्ने बताइएको छ । साथै परिष्कृत रियर भिडियो रेकर्डिङ सुविधा समेत समावेश गरिएको छ, जसअन्तर्गत ३० फ्रेम प्रति सेकेन्डमा ८के, ६० फ्रेम प्रति सेकेन्डमा ४के, साथै ३० फ्रेम प्रति सेकेन्ड र १२० फ्रेम प्रतिसेकेन्डमा ४के तथा १०८०पी रेकर्डिङ सुविधाउपलब्ध छन् जसले विभिन्न शूटिङ अवस्थाहरूमाउच्च गुणस्तरका सिनेम्याटिक भिडियो खिच्न सकिने कम्पनीको भनाई छ ।
रियलमी जीटी ८ प्रो सिरिज नेपालमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज क्षमतासहित उपलब्ध रहेको छ । विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँतोकिएको छ भने एस्टन मार्टिन ग्रिन भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको छ ।