२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अफगानिस्तानमा 'महिला बजार'को सुरुवात

Nada
२०८३ वैशाख १७ गते १६:३२
Shares
अफगानिस्तानमा 'महिला बजार'को सुरुवात

काबुल : पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ ।

ncell

जहाँ दर्जनौं महिला उद्यमीहरूले महिला ग्राहकहरूलाई मात्र आफ्ना उत्पादनहरू बेच्ने व्यवस्था गरिएको स्थानीय मिडिया टोलो न्यूजले रिपोर्ट गरेको छ ।

यस पहलको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागिता बढाउनु तथा महिलाका लागि सुरक्षित र सहयोगी व्यावसायिक वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ । उक्त बजारमा महिला उद्यमीहरुले निर्माण गरेका विभिन्न प्रकारका हस्तशिल्प, परम्परागत उत्पादन र खाद्य पदार्थहरू बिक्रिको लागि राखिएको जनाइएको छ ।

यो बजार महिलाहरूको व्यावसायिक भविष्य सुरक्षित गरी उनीहरूलाई अधिकारिक मान्यता प्रदान गर्न प्रभावकारी रहेको तथा महिलाहरूको बेग्लै पहिचानको प्रयास गरेको स्थानीय उद्यमी गोलाफ्रोज नजाफीलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

हेरात महिला चेम्बर अफ कमर्सका अनुसार हेरात प्रान्तमा करिब एक हजार २०० जना महिलाले आधिकारिक रूपमा व्यवसाय दर्ता भएका छन् भने १० हजार भन्दा बढी महिला अनौपचारिक व्यापार गतिविधिमा संलग्न छन् ।

ताजा खबर

सम्बन्धित खबर