काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा माओवादी दोस्रो पार्टी बन्ने दावी गरेका छन् ।
पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले नेपाली कांग्रेसका नेताहरुसँग छलफल भएको र दोस्रो पार्टी बन्नका लागि कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।
‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’
संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्नुपर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies