२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अर्थमन्त्री डा. वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता

Nada
२०८३ वैशाख १८ गते १६:३२
Shares
अर्थमन्त्री डा. वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

ncell

शुक्रबार दिउँसो करिब साढे तीन बजे अर्थ मन्त्रालयमा भएको उक्त भेट लगभग २० मिनेटसम्म चलेको बताइएको छ ।

भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयका साथै विकास सहायता सम्बन्धी विभिन्न पक्षमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।

दुवै पक्षले आपसी साझेदारी विस्तार तथा सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार-विमर्श गरेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर