काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिए ।
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies