२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस, २०० जना श्रमिक सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख १८ गते २१:२३
Shares
कतारमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस, २०० जना श्रमिक सम्मानित

दोहा, कतार : कतारको नगरपालिका मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक विशेष समारोह आयोजना गरी विकासका मेरुदण्ड मानिने श्रमिकहरूको योगदानको उच्च कदर गरेको छ । मन्त्रालयको मुख्य भवनस्थित थिएटर हलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत २०० जना श्रमिकहरूलाई उनीहरूको इमानदारिता र सेवाको गुणस्तर अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर स्वरूप सम्मान गरिएको हो ।

ncell

समारोहमा नगरपालिका मन्त्री महामहिम अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल-अतियह, मन्त्रालयका उप-सचिव महामहिम अलि बिन मोहम्मद अल-अली, विभिन्न विभागका निर्देशकहरू र अन्य उच्च अधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सेवा मामिलाका सहायक उप-सचिव अब्दुल्लाह बिन अहमद अल-करानीले कतार रेड क्रिसेन्टसँगको सहकार्यमा आयोजित यो कार्यक्रमले श्रमिकहरूको मेहनतलाई सम्मान गरेको बताए । उनले कतारको राष्ट्रिय भिजन २०३० का लक्ष्यहरू प्राप्त गर्न र नगरपालिका सेवाहरूको विकासमा श्रमिकहरूले निभाएको भूमिकाको प्रशंसा गरेका थिए ।

राष्ट्रिय मानव अधिकार समितिका प्रतिनिधि हमद अल-हजारीले कार्यक्रममा बोल्दै श्रमिकहरूको अधिकार प्रवर्धन गर्ने र उनीहरूको मानवीय गरिमा सुनिश्चित हुने गरी सुरक्षित कार्य वातावरण प्रदान गर्ने कुरामा जोड दिए । उनका अनुसार यस्तो वातावरणले उत्पादनशीलता र व्यावसायिक स्थिरता कायम गर्न मद्दत पुर्‍याउँछ। नगरपालिका मन्त्रालयले श्रमिकहरूलाई विकासको मुख्य स्तम्भ मान्दै उनीहरूको प्रयासको निरन्तर कदर गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यो कार्यक्रमले कतारमा कार्यरत आप्रवासी तथा स्वदेशी श्रमिकहरूको मनोबल उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सार्वजनिक सेवा मामिलाका सहायक उप-सचिव अब्दुल्लाह अहमद अल-करानीले कर्मचारीहरू मन्त्रालयको कार्य प्रणालीको वास्तविक आधार स्तम्भ भएको बताए । उनले श्रमिकहरूलाई विकास र जीवनस्तर सुधारको प्रक्रियामा वास्तविक साझेदारको रूपमा चित्रण गरे । उनले सबै श्रमिकहरूलाई धन्यवाद दिँदै उनीहरूको निरन्तर स्वास्थ्य र सुरक्षाको कामना समेत गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार समितिका प्रतिनिधि र कतार रेड क्रिसेन्टको पनि सहभागिता रहेको थियो, जसले श्रमिकको अधिकार र मानवीय गरिमा सुनिश्चितता गर्ने विषयमा ऐक्यबद्धता जनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर