काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।
संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' प्रमाणित गरेका हुन् ।
विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो ।
सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies