२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

Nada
२०८३ वैशाख १९ गते १५:५५
Shares
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

एजेन्सी : इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ ।

ncell

यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्देपी उनीहरूलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन । 

सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै, सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचि मोसाद अधिकारीकहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ ।  

गत फेब्रुअरी –२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरे पछि सुरु भएको युद्धलाई अन्त्य गर्नको लागि अप्रिल –८ देखि युद्ध विराम लागु भएको छ । 

पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई  मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन संगठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ । 

यस अघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर