२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

'३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठुलो परिवर्तन हो, अब निजी क्षेत्रले पनि सोच बदल्नुपर्छ’

Nada
२०८३ वैशाख २१ गते १३:४७
Shares
'३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठुलो परिवर्तन हो, अब निजी क्षेत्रले पनि सोच बदल्नुपर्छ’

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपने बताएका छन् ।

ncell

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठुलो परिवर्तनको संकेत गरेको बताए ।

अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि वर्तमान सरकार अझ निर्मम हुने बताए । पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनले बताए । ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रले इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव विगतमा रहेपनि अब यो अवस्था नरहने उनको भनाइ छ ।   

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको महत्वबारे चर्चा गर्दै अर्थमन्त्रीले निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव रहेको स्पष्ट पारे । उनले सरकारले नयाँ जनादेश पाएको सन्दर्भमा निजी क्षेत्रले पनि पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्नुपर्ने सुझाव दिए ।

उनले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यवसायिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले रास्वपाले ल्याएको वाचापत्रमा टेकेर सरकार अघि बढ्ने समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर