२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख २१ गते १४:१२
Shares
कतारमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

दोहा, कतार : १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानव सेवाको उच्च भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी शुक्रबार हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा सञ्चालन हुनेछ ।

ncell

'रक्तदान जीवनदान हो' भन्ने मूल सन्देशसहित आयोजना गरिएको यस कार्यक्रमले आपत्कालीन अवस्थामा रगत अभावका कारण जोखिममा परेका बिरामीहरूलाई नयाँ जीवन दिने विश्वास लिइएको छ । विशेषगरी दुर्घटना, शल्यक्रिया तथा गम्भीर रोगका बिरामीहरूका लागि रगत अत्यावश्यक हुने भएकाले यस्ता सामाजिक कार्यले ठुलो महत्त्व राख्छ ।

स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा शरीरमा नयाँ रक्तकोष निर्माण हुने भएकाले यसले दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन् । साथै, रक्तदानले समाजमा सहकार्य, मानवता र जिम्मेवारीको भावना बलियो बनाउने काम गर्छ ।

आयोजकले कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सेवामा योगदान दिन अपिल गरेको छ । यस्तो पुण्य कार्यमा सानो प्रयासले कसैको जीवन बचाउन सक्ने भएकाले सबैलाई सक्रिय सहभागिताका लागि ठकुरी ग्रुपका अध्यक्ष केशु मल्ल ठकुरीले अनुरोध गरेका छन्  ।

कार्यक्रम बिहान ८ बजेदेखि सुरु भई दिउँसो १२ बजेसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा ठकुरी सहयोग सञ्जाल, पर्वत जलजला समाज, आर्थर डाँडा खर्क समाज तथा तनहुँ सेवा समाज कतारले सहयोगी संस्थाका रूपमा सक्रिय सहभागिता जनाउँदै छन् ।

ताजा खबर

सम्बन्धित खबर