२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

‘ग्रान्ड एम्बास्डर बिजनेस होटल’ सञ्चालनमा

Nada
२०८३ वैशाख २१ गते २२:४६
Shares
‘ग्रान्ड एम्बास्डर बिजनेस होटल’ सञ्चालनमा

काठमाडौं : काठमाडौंको सामाखुसीमा नयाँ सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । सिटी स्क्वायर मलको छैटौं तलामा रहेको ‘ग्रान्ड एम्बास्डर बिजनेस होटल’ सोमबार विशेष धार्मिक तथा सांस्कृतिक विधिसहित औपचारिक रूपमा उद्घाटन गरिएको हो । यो होटल युएईमा रहेको ‘ग्रान्ड एम्बास्डर बिजनेस होटल’को चेन होटलको रूपमा रहेको छ ।

ncell

यो होटल व्यवसायी रोशन भुसाल र युवा समाजसेवी कमलराज ढकालले सञ्चालनमा ल्याएका हुन् ।

होटलको उद्घाटन जगत गुरु त्रिदण्डि यतिराज जिएर स्वामी हिमालय बाबा जगन्नाथले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । पूजाआजा, मन्त्रोच्चारण र शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रमले उक्त क्षेत्रको आतिथ्य तथा पर्यटन गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

२४ वटा आधुनिक सुविधा सहितका कोठा रहेको यस होटलले पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएको व्यवस्थापनले जनाएको छ । यहाँ रेस्टुरेन्ट, लक्जरियस सुइट, स्पा, फिटनेस सेन्टर, प्रिमियम डाइनिङ र विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनजस्ता सुविधा उपलब्ध छन् । साथै, होटलबाट काठमाडौं उपत्यका र हिमालको ३६० डिग्री दृश्य अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । करिब ८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस होटलमा २५ जना बढीले रोजगारी पाएका छन् ।

May be an image of dais and text that says 'GRANDAMBASSADE GRAND AMBASSADI BUSINESS BUSINESSHOTEL HOTEL GUL A'

होटलले आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आधुनिक सुविधा र नेपाली आतिथ्य संस्कृतिको संयोजन प्रस्तुत गर्ने होटल व्यवस्थापनले जनाएको छ । खानाका परिकारमा विशेषगरी नेपाली, चिनियाँ र भारतीय स्वादलाई प्राथमिकता दिइने बताइएको छ ।

उद्घाटन समारोहमा बोल्दै स्वामी जगन्नाथले व्यवसायलाई केवल नाफासँग मात्र सीमित नगरी समाजसेवा र संस्कृतिसँग जोडिनुपर्ने धारणा राखे । आत्मीयता, सद्भाव र सम्मानबाट नै आतिथ्य सेवामा सफलता हासिल हुने उनले उल्लेख गरे ।

होटलका सञ्चालक कमलराज ढकालले यसलाई व्यावसायिक केन्द्र मात्र नभई पाहुनालाई घरजस्तो अनुभूति दिने स्थानका रूपमा विकास गर्ने योजना रहेको बताए । उनले सामाखुसी क्षेत्रमा स्तरीय होटलको आवश्यकता महसुस गर्दै यो परियोजना अघि बढाइएको जानकारी दिए ।

May be an image of bed, lighting, bedroom and indoors

जनरल म्यानेजर सुशील थापाले होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा र नेपाली आतिथ्य संस्कृतिको अनुभव एकै ठाउँमा प्रदान गर्ने बताए । गुणस्तरीय सेवा, आधुनिक सुविधा र पारिवारिक वातावरणमार्फत पाहुनाको विश्वास जित्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सिटी स्क्वायर मलको माथिल्लो तलामा अवस्थित यस होटलबाट काठमाडौं सहर र आसपासका हिमाली दृश्य सहजै अवलोकन गर्न सकिने भएकाले आगन्तुकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

May be an image of baby's-breath, white lily, prairie gentian and text that says 'A GRAND GRANDAMBASS AMBASS BUSINESS BUSINESSHOTEL HOTEL rand OPENING Youareinvited! You are invited! G た GRAND AMBAŠSADOR Business BusinessHotel Hotel CITY SQUARE MALL, SAMAKHUSICHOWK,6THFLOOR CTYSOUREMAL.SAMAHUSICHOIK.6THFL SAMAKHUSI CHOWK, 6THFLOOR Where Dubai's WhereDabrislegaryMeHtiaaG Legacy Meets limalayan Grace. 品 6floor Floor th +977-9712011535, info@thegrang m'

ताजा खबर

सम्बन्धित खबर