२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था छैन

Nada
२०८३ वैशाख २२ गते १५:१०
Shares
सरकारले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था छैन

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । 

ncell

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आइओसी)ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्टयाएका हुन् ।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरुको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

आम उपभोक्ताहरुले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोललगायतका वस्तुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।

स्वचालित मूल्यमा बिक्री गर्ने हो भने सरकारले पेट्रोललगायतका इन्धनहरुको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।

सरकारले हाल नेपाल आयल निगमका कर्मचारीहरुलाई बोनस लिने काम नगरेको पनि स्पष्टीकरण दिएको छ । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरुले बोनस खाने अवस्था नरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर