२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

Nada
२०८३ वैशाख २२ गते १६:०१
Shares
नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं : अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अंकले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।

ncell

आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन ०५, लघुवित्त शून्य दशमलव २१ र निर्जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर