
काठमाडौँः इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ । यो भवनमा भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।
इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो ।
भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिठै फैलिएको पाइदरनले बताए । आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।