२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उद्योग वाणिज्य महासंघको एसोसिएट कार्यसमिति सदस्यमा को-को भए विजयी ?

वस्तुगततर्फका विजयी सदस्य को-को ?

Nada
२०८३ वैशाख २३ गते १३:११
Shares
उद्योग वाणिज्य महासंघको एसोसिएट कार्यसमिति सदस्यमा को-को भए विजयी ?

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ ।

ncell

सार्वजनिक नतिजा अनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । 

हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याएका छन् । अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भएका छन् ।

राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत पाए । त्यस्तै रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९ सय ९१, प्रियराज रेग्मी ९ सय ५४ र ईश्वरबहादुर जिसीले ९ सय ४५ मत ल्याएर विजयी भएका छन् ।

सुरज उप्रेती ९ सय ७, कृष्णलाल महर्जन ८ सय ७४ र बटु लामिछाने ८ सय ६० मत ल्याएर निर्वाचित भएका छन् ।

वस्तुगत सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर