२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सगरमाथा आरोहणबाट एक अर्बभन्दा बढी राजस्व संकलन

Nada
२०८३ वैशाख २३ गते १८:३८
Shares
सगरमाथा आरोहणबाट एक अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ : चालु आरोहण मौसममा सर्वोच्च शिखर सगरमाथा केन्द्रित गतिविधिबाट सरकारले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी गरेको छ ।

ncell

पर्यटन विभागका तथ्यांक अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ वटा आरोहण समूहअन्तर्गत ४६४ जना पर्वतारोहीले अनुमति प्राप्त गरेका छन् । उनीहरूबाट मात्रै कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

सरकारले यस वर्ष शरद यामदेखि आरोहण शुल्क समायोजन गरेपछि राजस्वमा उल्लेखनीय वृद्धि देखिएको हो ।

समग्र हिमाल आरोहणतर्फ हेर्दा हालसम्म २९ हिमालमा १२७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन् । सोही आधारमा कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

अन्य हिमालमध्ये ल्होत्सेमा ९ समूहमार्फत १११ आरोही र अमादब्लममा ९ समूहमार्फत १०४ आरोहीले अनुमति लिएको विवरण छ ।

ताजा खबर

सम्बन्धित खबर