२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पछिल्लो २४ घण्टामा इरानसँग ‘निकै राम्रो’ वार्ता भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

Nada
२०८३ वैशाख २४ गते ११:०९
Shares
पछिल्लो २४ घण्टामा इरानसँग ‘निकै राम्रो’ वार्ता भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको बताएका छन् । 

ncell

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गरे । उनले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच सहमति हुने बलियो सम्भावना छ ।’

यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठुलो क्षति पुगेको उल्लेख गरे । उनले चेतावनी दिँदै भने की यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्नेछ । इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गरेका छन्  ।  

ताजा खबर

सम्बन्धित खबर