काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको खसान राष्ट्रिय समितिले भरत कुमार केसीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । केसीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा खगिसरा खत्री, सचिवमा अमर काफ्ले, कोषाध्यक्षमा लक्ष्मी सिजापती चयन भएका छन् । सदस्यहरुमा रत्नराज एउटी, राजबहादुर भाम, चित्र बहादुर ओली लगायतका रहेका छन् ।
कार्यक्रममा बोल्दै जसपा राजनीति समितिका सदस्य एवम् खसान कर्णाली प्रदेशका इन्चार्ज राजन केसीले जसपा पार्टी उत्पीडित जनता र दुखीहरुको सहारा भएको बताए । राज्य पुनर्संरचना आयोगको राय अनुसार नै राज्य पुनर्संरचना हुनुपर्ने बताए । उत्पीडित खस र खसानको अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेश अध्यक्ष देवीकृष्ण न्यौपानेले उत्पीडित खसहरु र खसानको सवालमा आफू प्रतिबद्ध रहेको बताए । कर्णाली प्रदेश मुख्य सचिव चन्द्रकला विकले सुर्खेतमा संग्राहलय निर्माण गर्नुपर्ने भन्दै पुनर्गठित समिति बधाई तथा शुभकामना गरिन् ।
जुम्लाबाट काठमाडौं आएका बिर्खा नेपालीले जसपाको खसानको अवधारणाको कारण आफू प्रभावित भएर कार्यक्रममा आएको बताए । नयाँ समितिको अध्यक्ष केसीले जसपाको नीति निर्देशनमा रहेर आगामी निर्वाचनमा कर्णालीबाट अत्याधिक मत ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies