२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Nada
२०८३ वैशाख २४ गते १५:४५
Shares
नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर दुई हजार ७१८ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

ncell

आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा रू दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

वित्त समूह शून्य दशमलव ०८, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर