२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपालमा पहिलो पटक 'टियर ४' हाइपरस्केल डाटा सेन्टर बन्ने

Nada
२०८३ वैशाख २४ गते १६:२६
Shares
नेपालमा पहिलो पटक 'टियर ४' हाइपरस्केल डाटा सेन्टर बन्ने

काठमाडौं : नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरीय बनाउने र देशको डाटा सुरक्षालाई थप मजबुत पार्ने उद्देश्यका साथ 'बिचुटेन डाटा भोल्ट'ले नेपालको पहिलो 'टियर ४' हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । यो पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

ncell

नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेर्र ग्रुप), अनुज केयाल (केयाल ग्रुप), विशाल कुमार जाँटिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै 'डिजिटल र एआई सार्वभौमिकता' तथा सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने संकल्प लिएको छ ।

यो नेपालकै पहिलो टियर ४ प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५ प्रतिशत 'अपटाइम' को सुनिश्चितता प्रदान गर्दछ । यसको अर्थ वर्षभरिमा प्राविधिक अवरोध २६ मिनेटभन्दा कम मात्र हुनेछ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्नेछ ।

यो परियोजना काठमाडौं र वीरगन्ज गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ । २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।

प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भिभिडिएन, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ ।

"डाटा नै कृत्रिम बौद्धिकता (एआई) र डिजिटल रूपान्तरणको आधार हो" भन्ने मान्यताका साथ बिचुटेन डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमतालाई बलियो बनाउने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर