२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच सम्झौता

Nada
२०८३ वैशाख २४ गते १६:४९
Shares
लक्ष्मी सनराइज बैंक र आइएफसीबीच सम्झौता

काठमाडौं : लक्ष्मी सनराइज बैंक र विश्व बैंक समूह अन्तर्गतको निजी क्षेत्र हेर्ने अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच ‘बैंकिङ अन वुमन’ पहल अन्तर्गत लैङ्गिक आधारमा विभाजित तथ्यांक संकलन र उपयोगमा सहकार्य गर्ने सम्झौता भएको छ । यो कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वि-फाई’ले सहयोग गरिरहेको छ ।

ncell

यस सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरे ।

यस साझेदारी अन्तर्गत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक संकलन, विश्लेषण र त्यसको उपयोग गर्ने प्रक्रियालाई सुदृढ बनाउन प्राविधिक सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका विशिष्ट आवश्यकता, चुनौती र अवसरहरूलाई गहिराइमा बुझ्न मद्दत पुर्‍याउनेछ ।

यसरी प्राप्त हुने तथ्यांक र बुझाइका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ बढी प्रभावकारी, सान्दर्भिक र उपयुक्त वित्तीय समाधान तथा सेवाहरू विकास गर्ने लक्ष्य राखेको छ । यसले अन्ततः महिला नेतृत्वका व्यवसायहरूमा लगानी बढाउन र उनीहरूलाई आर्थिक प्रणालीको मूलधारमा ल्याउन सहयोग गर्नेछ ।

यो सहकार्यले लक्ष्मी सनराइज बैंकको जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । महिला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्‍याउँदा उनीहरूको व्यवसाय विस्तार हुने, आर्थिक वृद्धि हुने र रोजगारीका अवसरहरू सिर्जना भई देशको समग्र अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशीकरणमा अग्रणी भूमिका खेलिरहेको लक्ष्मी सनराइज बैंकका देशभर २५४ शाखा र ३२७ एटीएम रहेका छन् । बैंकले आफ्ना डिजिटल माध्यमहरू र भौतिक शाखाहरू मार्फत समावेशी बैंकिङ सेवालाई निरन्तरता दिँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर