एजेन्सी : चीनले अमेरिकासँगका केही महत्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।
चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ।
बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारलाई पनि प्रतिबन्ध लगाउने भएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट पारिएको छैन । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।
जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना मात्रै बनाएको भन्दै आपत्ति जनाएका थिए ।
चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास आज तेस्रो दिन पनि निरन्तर छ । यो अभ्यास सोमबारसम्म चल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies