२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारमा ५३ नेपालीले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख २५ गते १७:५२
Shares
कतारमा ५३ नेपालीले गरे रक्तदान

दोहा कतार : कतारमा १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजित “बृहत् रक्तदान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारद्वारा आयोजित उक्त कार्यक्रममा ५३ जना नेपालीहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका हुन् ।

ncell

“रक्तदान जीवनदान - जीवनदान महादान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो ।

 एसोसिएसनका अध्यक्ष केशु मल्ल ठकुरीले श्रमिक दिवसको अवसरमा गरिएको मानवीय तथा सामाजिक कार्यले कतारमा रहेका नेपाली श्रमिकहरूबिच आपसी सद्भाव, सहयोग र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै उनले यस्ता कार्यक्रमले श्रमिकहरूको स्वास्थ्य, हित र सामाजिक सहकार्यमा सकारात्मक योगदान पुग्ने बताए ।

“मानवीय तथा परोपकारी” उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सहयोगी संस्थाका रूपमा  ठकुरी सहयोग सञ्जाल, पर्वत जलजला समाज, आर्थर डाँडा खर्क समाज तथा तनहुँ सेवा समाज कतारले सहयोगी संस्थाका रूपमा सक्रिय सक्रिय सहभागिता रहेको थियो भने रक्तदाता संघ कतारले समन्वय गरेको थियो । 

कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबिच सामाजिक एकता, मानवीय सेवा र परोपकारी भावनालाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन् । एसोसिएसनले केही दिन पहिले मानव सेवा आश्रम चितवनमा आश्रितलाई खाना खुवाएको थियो । गत सोमबार आश्रममा नै पुगेर खाना खुवाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर