२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ट्राफिक कारबाहीबाट एकै दिन ४ लाख ४८ हजार राजस्व संकलन

Nada
२०८३ वैशाख २७ गते १२:२४
Shares
ट्राफिक कारबाहीबाट एकै दिन ४ लाख ४८ हजार राजस्व संकलन

काठमाडौँ : बितेका २४ घण्टामा एक  हजार ८५४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

ncell

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक संकेत उल्लंघनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर