२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारको जलक्षेत्रमा व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख २७ गते १७:४०
Shares
कतारको जलक्षेत्रमा व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

दोहा कतार : कतारी जलक्षेत्रमा व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । दुबईको अबुधाबीबाट कतार आउँदै गरेको एउटा व्यापारिक कार्गो जहाजमाथि ड्रोन आक्रमण भएको कतारको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले आज आफ्नो जलक्षेत्रमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । मन्त्रालयले आक्रमणलाई 'अन्तर्राष्ट्रिय कानुन र स्वतन्त्र जलयात्राको सिद्धान्तको गम्भीर उल्लंघन'का रूपमा समुद्री क्षेत्रको सुरक्षा, समुद्री मार्ग र अत्यावश्यक आपूर्तिमाथिको आक्रमण  'अस्वीकार्य’ रहेको स्पष्ट पारेको छ ।

ncell

कतारको मिसाइद्बाट उत्तर-पूर्वी कतारी क्षेत्रीय जलक्षेत्रमा आइपुगेको जहाजमा आक्रमण गर्दा जहाजमा सामान्य आगलागी भए पनि कुनै मानवीय क्षति या चोटपटक नलागेको बताइएको छ । मन्त्रालयका अनुसार आगोलाई तत्काल नियन्त्रणमा लिएसँगै जहाज आफ्नो गन्तव्यतर्फ अगाडि बढिसकेको छ । मन्त्रालयले थप सुरक्षाका उपायहरू अपनाउनुका साथै सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको बताएको छ । 

अहिले कतारी र अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले ड्रोनको भग्नावशेषबाट यो कहाँ बनेको हो र कसले चलाएको हो भन्ने प्राविधिक अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको प्रतिवेदन आएपछि कतारले थप कूटनैतिक कदम चाल्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर