
काठमाडौं : कृषि उत्पादनलाई व्यावसायिक र प्रविधिमैत्री बनाउँदै उद्योगकोरूपमा अघि बढाउने सरकारले नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोड्ने बताए । बाँझो जमिनलाई उपयोग गर्दै विदेशबाट फर्किएका जनशक्तिलाई कृषिको क्षेत्रमा आबद्धता गराउने नीति अघि सारेको पौडेलले बताए । किसान सूचिकरणलाई सरकारले यो वर्षको नीतिमा समेटेको हो ।
त्यस्तै नापी र मालपोत सेवालाई एकीकृत गरी स्थानीय तहमार्फत अघि बढाइने उनले उल्लेख गरे । भूमिको स्वामित्व र उपयोग गर्ने गरी भूमिहिन, सुकुम्बासीलाई उपयुक्त भूमिका व्यवस्था गर्ने र दिर्घकालीन समस्या समाधान गर्ने नीति सरकारको रहेको छ ।