काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले यो वर्षका लागि सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको एन्फाको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस आठ देखि चैत चार गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
बी डिभिजन लिग चैत छ देखि हुने भएको छ । सी डिभिजन लिग भने असोज एक देखि असोज ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल सुपर लिगको दोस्रो संस्करण असोज २३ देखि मंसिर दुई गते सम्म गर्न दिने निर्णय गरेको छ ।
एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।
समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।
सात सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटीपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ ।
आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्टले दोस्रो संस्करणका पुराना सात र नयाँ तीन गरि १० टोलीको नाम यसअघि नै सार्वजनिक गरिएको छ ।
बैठकले अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसपको संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई दिइएको छ ।
बैठकले महिला साफको दुई फरक टिकट मूल्य निर्धारण गरेको छ । सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies