२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

करेन्ट चाउचाउ गुणस्तरहीन भेटिएपछि खाद्य विभागको कारबाही 

Nada
२०८३ वैशाख ३१ गते १८:२७
Shares
करेन्ट चाउचाउ गुणस्तरहीन भेटिएपछि खाद्य विभागको कारबाही 

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रा.लि.द्वारा उत्पादित करेन्ट चाउचाउलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

ncell

‘करेन्ट’ चाउचाउ गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता लैजान कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको हो । 

विभागले बजार अनुगमन र निरीक्षणका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा करेन्ट चाउचाउमा तोकिएको गुणस्तर मापदण्ड अनुरूप नभएको बजारबाट फिर्ताको लागि आदेश गरिएको विभागले जनाएको छ । 

परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ धेरै भएपछि बिभागले तिलोत्तमा रहेको यशोदा फूड्सलाई चाउचाउ फिर्ता लैजान निर्देशन गरेका हो ।

‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ बढी हुदाँ पेट सम्बन्धी समस्या, अपच वा वान्ता हुने देखिस्वास्थ्यमा नकारात्मक असर गर्ने स्वास्थ्यकर्मी बताउछँन् ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम ०४ ए ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न विभागले आदेश दिएको हो ।

यस्तै उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउनसमेत सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई विभागले निर्देशित गरेको छ । विभागले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्कालन फिर्ता गर्न भनेको हो । 

त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर