२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

‘ओपो ए६सी’ सार्वजनिक, मूल्य २० हजार ९९९ रुपैयाँ

Nada
२०८३ जेठ १ गते २१:०३
Shares
‘ओपो ए६सी’ सार्वजनिक, मूल्य २० हजार ९९९ रुपैयाँ

काठमाडौं : ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७ हजार एमएएच ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।

ncell

कम्पनीका अनुसार यसमा ६ वर्षसम्म ब्याट्री टिकाइराख्ने क्षमता रहेको छ । लामो समय गेम खेल्न, भिडियो हेर्न, इन्टरनेट ब्राउज गर्न तथा अन्य दैनिक कार्य गर्न यो फोन उपयुक्त हुने बताइएको छ । साथै, यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।

डिजाइनतर्फ ओपो ए६सीलाई फ्ल्यागसिप स्मार्टफोनबाट प्रेरित प्रिमियम लुक दिइएको छ । यो स्मार्टफोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई आकर्षक रंगमा उपलब्ध हुनेछ । फोनमा रहेको १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मुथ स्क्रोलिङ, जीवन्त रंग तथा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोटोग्राफीलाई अझ सहज र स्मार्ट बनाउन फोनमा एआई इरेजर र एआई क्लियर फेसजस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।

ग्राहकलाई थप भरोसा गराउन ओपोले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टीसमेत उपलब्ध गराएको छ । यो अफर एक महिनासम्म खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । ओपो ए६सीको ४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ पर्नेछ ।

यसैबीच, ओपो नेपालले ओपो ए६ सिरिजअन्तर्गत ‘ओपो ए६’ (८ जिबी+ १२८ जिबी) भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ । ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ । धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर