२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बेनेलीले ल्यायो छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ

Nada
२०८३ जेठ १ गते २१:०६
Shares
बेनेलीले ल्यायो छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ

काठमाडौं : बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका लागि बेनेलीको आधिकारिक विक्रेता वैद्य ग्रुपले एसइई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको हो ।

ncell

यस योजनाअन्तर्गत ग्राहकले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा छुट पाउनेछन् । ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । जसमा कम्पनीले २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टर समेत निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पाट्र्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

बेनेली नेपालका ब्रान्ड स्ट्राटेजिस्ट प्रशान्त खत्रीले विशेषगरी एसइई दिएका विद्यार्थी र युवा पुस्तालाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको बताए । ‘हामीले विशेषगरी एसइई दिएका विद्यार्थीहरू तथा युवापुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने ।

ताजा खबर

सम्बन्धित खबर