
काठमाडौं : कजारिया रमेश टायल्सले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालन गरेको हो । घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने कम्पनीले जनाएको छ ।
सोरुम उद्घाटनमा रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइँटेलको उपस्थिति रहेको थियो । साथै, कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको समेत सहभागिता रहेको थियो ।
ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा आफ्नो आवश्यकता खरिद गर्न सक्नेछन् ।
निर्देशक हिमांशु अग्रवालले भने, ‘हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो । तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उहाँहरूको घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौं ।’