
पोखरा : नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक इभीले आफ्नो विस्तार यात्रालाई निरन्तरताा दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । नयाँ सोरुम राजधानीबाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीको जनाएको छ ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । आधुनिक इभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको बताइएको छ । उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक इभीका लागि विशेष सेवा सुविधासमेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।
सोरुममा आउने ग्राहकहरूले डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित इभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्ट फिचरसम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन् ।