२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नबिल बैंकको एनबैंक एपमार्फत सरल रूपमा एसआइपी सेवा लिन सकिने

Nada
२०८३ जेठ १ गते २१:०९
Shares
नबिल बैंकको एनबैंक एपमार्फत सरल रूपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं : नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

ncell

नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारीपत्रमा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका थिए । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिनेछ । एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टिएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,’ बैंकका नायव प्रमुख बजगाईंले बताए । ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।’

उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर