२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान सार्वजनिक

Nada
२०८३ जेठ ४ गते १९:१३
Shares
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान सार्वजनिक

काठमाडौं : एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

ncell

फुटबलप्रेमी तथा ग्राहकलक्षित यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् ।

यस अभियानमार्फत सहभागीमध्ये ३ जना भाग्यशाली विजेतालाई सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६को खेल अवधिभर सञ्चालन गरिनेछ ।

विश्वकप फुटबल २०२६को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार ‘स्क्यानमा सुन’ अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवालक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । अभियानसम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जालमा प्राप्त गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर