२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सन नेपाल लाइफद्वारा एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई प्रशिक्षण

Nada
२०८३ जेठ ६ गते १५:१२
Shares
सन नेपाल लाइफद्वारा एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई प्रशिक्षण

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले ‘एडिएम ३६० डिग्री ग्रोथ समिट १.०’ अन्तर्गत आफ्ना एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

ncell

कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा सहभागीहरूलाई कानुनी व्यवस्था, शंकास्पद कारोबार पहिचान, र ग्राहक पहिचान (केवाइसी) प्रक्रियाबारे जानकारी दिइएको थियो । बीमा व्यवसायमा पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासन कायम गर्न यस्तो सचेतना आवश्यक रहेको कम्पनीले जनाएको छ ।

हाल देशभर १४८ शाखा तथा उपशाखामार्फत सेवा दिइरहेको सन नेपाल लाइफले आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर