२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर हस्तान्तरण

Nada
२०८३ जेठ ६ गते २१:१७
Shares
मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर हस्तान्तरण

काठमाडौं : सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहजबनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्य प्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ ।

ncell

यस कार्यक्रमअन्तर्गत बैंकले धनगढी–१, कैलाली स्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्विलचेयर हस्तान्तरण गरेको छ । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहजर सुरक्षित रूपमा आवतजावतगर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । यसले स्वास्थ्य सेवामापहुँचलाई थप सहजबनाउँदै सेवाग्राही मैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवाअपांग संगठन नेपाललाई पनि १० थान ह्विलचेयर सहयोग प्रदान गरेको छ । उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मुक्तिनाथविकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरतादिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर