
काठमाडौं : काठमाडौंको प्रमुख व्यवसायी केन्द्र दरबारमागमा जेठ ९ गते हुने १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यस वर्ष ’एक्सट्रीम इनर्जी ड्रिङ’को मुख्य प्रायोजनमा यो उत्सवलाई ’एक्सट्रीम स्याटर्डे’ का रूपमा बनाइदैछ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्ष झैँ स्ट्रिट फेस्टिवलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
महोत्सवका मुख्य आकर्षणमा बिभिन्न स्वादमा खानाका स्टल र रिफ्रेसिङ पेय पदार्थ, बालबालिकाका लागि विभिन्न खेलहरू, बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकी रहनेछन् । यस्तै मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको प्रस्तुति रहने अयोजकले जनाएको छ ।
सांगीतिक साँझमा चर्चित कलाकार तथा ब्याण्डहरूको उपस्थितिु रहने छ । जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स , एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड ,प्रिजोल नेपाली एण्ड सरर,गन एल्भिसले प्रस्तुति दिनेछन् ।
‘एक्सट्रीम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । एक्सट्रीम इनर्जी ड्रिकंको साथले यस वर्षको ‘एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने आयोजकको विश्वास छ।