२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपालमा पहिलो पटक ह्वाट्सएप बिजनेस एपिआई समिट ‘द कन्भर्जेन्स’ सम्पन्न

Nada
२०८३ जेठ ८ गते १७:१८
Shares
नेपालमा पहिलो पटक ह्वाट्सएप बिजनेस एपिआई समिट ‘द कन्भर्जेन्स’ सम्पन्न

काठमाडौं : रमेश कर्प अन्तर्गतको टेलिडिजिटल सर्भिसेजले मेटा र गुगलको आधिकारिक साझेदारका रूपमा काठमाडौंमा ‘द कन्भर्जेन्स’ नामक ऐतिहासिक उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ । नेपाली व्यवसायहरूलाई ‘कन्भर्सनल कमर्स’ (संवादात्मक व्यापार) र ह्वाट्सएप बिजनेस एपिआईको उपयोगिता बुझाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

ncell

कार्यक्रममा मेटाका एपिसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो र रणनीतिक बजारका रूपमा मेटाले प्राथमिकता दिएको बताए । समिटमा विभिन्न कर्पोरेट क्षेत्रका नेतृत्वकर्ताहरू, ब्रान्ड मार्केटर र डिजिटल निर्णयकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।

समारोहमा ह्वाट्सएप बिजनेस एपिआईमार्फत ग्राहक सेवा, बिक्री वृद्धि, र ग्राहकसँगको व्यक्तिगत संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो । एसएमएस र इमेल जस्ता परम्परागत माध्यमभन्दा ह्वाट्सएप प्रत्यक्ष र भरपर्दो माध्यम भएको र मेटाका प्लेटफर्ममा प्रत्येक हप्ता एक अर्बभन्दा बढी मानिस व्यवसायहरूसँग जोडिने तथ्य पनि प्रस्तुत गरिएको थियो ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपाली व्यवसायहरूलाई स्थानीय भुक्तानी र सहयोगसहित विश्वस्तरीय डिजिटल प्लेटफर्ममा पहुँच पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । त्यस्तै, टेलिडिजिटलका सिइओ नवांकुर सुदले ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदै संवादमार्फत खरिद–बिक्री गर्ने डिजिटल इकोसिस्टम निर्माणमा जोड दिए ।

टेलिडिजिटलले नेपाली व्यवसायहरूलाई गुगल एड्स, मेटा एड्स र ह्वाट्सएप बिजनेस एपिआई जस्ता सेवाहरू स्थानीय विशेषज्ञता र भुक्तानी सुविधामार्फत उपलब्ध गराउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर