२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ बेपत्ता

Nada
२०८३ जेठ ९ गते १३:३६
Shares
चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ बेपत्ता

बेइजिङ : उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ  ।  

ncell

 सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७:२९ बजे विस्फोट भएको थियो ।

 विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै  ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ । 

स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले  आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ । 

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ । 

उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । 

 यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको  रिपोर्ट गरेको थियो ।

बेपत्ता रहेकाहरूका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।

पछिल्लो समयमा चिनमा खानीको सुरक्षामा सुधार आएको भएता पनि मनग्य सुरक्षा प्रावधानहरू अवलम्बन गर्न नसकिएकाले अझै पनि बारम्बार दुर्घटनाहरू हने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर