२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारमा सुरुङमार्गभित्र गाडी चलाउँदा विशेष सावधानी अपनाउन गृह मन्त्रालयको आग्रह

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १० गते १३:१६
Shares
कतारमा सुरुङमार्गभित्र गाडी चलाउँदा विशेष सावधानी अपनाउन गृह मन्त्रालयको आग्रह

दोहा कतार : कतारको गृह मन्त्रालयले सुरुङ मार्ग (टनेल) भित्र दायाँ तर्फबाट ओभरटेक गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षा कायम राख्न चालकहरूका लागि विशेष सुरक्षा निर्देशिका जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । 

ncell

मन्त्रालयले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सूचना जारी गर्दै टनेल भित्र यात्रा गर्दा सवारी चालकहरूलाई अनिवार्य रूपमा आवश्यक सुरक्षा मापदण्डहरू पालना गर्न पनी विशेष आग्रह गरेको हो। सुरुङ मार्ग भित्रको फरक र संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै चालकहरूले ट्राफिक नियमको पूर्ण उल्लंघन नगर्न र सडक संकेतहरूको पालना गर्न गृहले निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार सुरुङ मार्ग भित्र  राखिएका डिजिटल तथा सडक संकेतहरूको अक्षरशः पालना गर्नपनी आग्रह गरेको छ । यसैगरी सडकको अवस्था अनुसार सुरुङमार्गभित्र तोकिएको निश्चित गति सीमाभन्दा बढी गतिमा गाडी नलैजान सचेत गराउँदै मन्त्रालयले टनेल भित्र प्रवेश गर्नासाथ गाडीको हेडलाइन अनिवार्य रूपमा बाल्न भनेको छ । जसले गर्दा भित्रको स्पष्टता कायम रहन मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

आकस्मिक दुर्घटनाबाट बच्नका लागि अगाडि गुडिरहेको सवारी साधन र आफ्नो सवारी साधन बिच सधैं सुरक्षित र पर्याप्त दूरी कायम राख्न तथा सुरुङभित्र जथाभाबी लेन परिवर्तन नगरी सधैं आ-आफ्नो तोकिएको लेनभित्रै रहेर मात्र गाडी चलाउन  मन्त्रालयले सबै चालकहरूलाई स्मरण गराएको छ । कतारमा कार्यरत तथा बसोबास गर्ने नेपाली समुदायका ठुलो संख्याका चालकहरूलाई समेत लक्षित गर्दै स्थानीय सुरक्षा निकायले यस्ता सुरक्षा सतर्कताहरू समय-समयमा जारी गर्दै आएको छ ।

मन्त्रालयले यी नियमहरूको बेवास्ता गरेमा कानुनी कारबाही समेत हुन सक्नेतर्फ सचेत गराउँदै सम्पूर्ण सवारी चालकहरूलाई जिम्मेवार बन्न र सुरक्षित यात्रा सुनिश्चित गर्न अपिल गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर