२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कजारिया टायल्सको मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान

Nada
२०८३ जेठ ११ गते २०:३९
Shares
कजारिया टायल्सको मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान

काठमाडौं : ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’को मुख्य प्रायोजक कजारिया रमेश टायल्सले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज – एनइभिनिङ विथमिस नेपाल’  आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्नेछ । 

ncell

अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकैपटकको खरिदमा न्यूनतम १ हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरू नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूमा लागू हुनेछ ।

कजारिया रमेश टायल्सका प्रवक्ताले भने। ‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ । ‘डाइन विथ द डिभास’मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुर्‍याउन चाहन्छौं ।’ यो अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर