२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

Nada
२०८३ जेठ ११ गते २०:४४
Shares
सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बिमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । 

ncell

विभिन्न कारणले समयमै बिमा शुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।

यस पुनर्जागरण अभियान जेठ ११ गते देखि ३१ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतीत बिमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नका लागि जीवन बिमा अनिवार्य रहेको छ । ग्राहकले संस्थाको देशैभरि रहेका १६८ शाखा कार्यालयबाट वा अनलाइन भुक्तानीको माध्यमबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर